Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर

७ पुष २०८१, आईतवार ०८:१६

७ पुस,काठमाडौँ। आपराधिक लाभ कसुरमा फरार रहेकी निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्।

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् । भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

इन्द्र कुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।

त्यस्तै प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा, सुस्मा विकलाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

उनीहरूले मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो। यस घटनामा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समेत गरेको थियो। उक्त समितिले पनि प्रहरी निरीक्षक शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्