Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर

७ पुष २०८१, आईतवार ०८:१६

७ पुस,काठमाडौँ। आपराधिक लाभ कसुरमा फरार रहेकी निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्।

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् । भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

इन्द्र कुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।

त्यस्तै प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा, सुस्मा विकलाई दुई लाख र भिमादेवी थापालाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

उनीहरूले मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो। यस घटनामा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समेत गरेको थियो। उक्त समितिले पनि प्रहरी निरीक्षक शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्