Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

खेलकुद मन्लालयमा नगरपालिकाभन्दा कम बजेट : मन्त्री चौधरी

७ पुष २०८१, आईतवार १५:४४

 ७ पुस, काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार रहेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) पछि आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिकपूर्वाधारको अभाव रहेको बताएका हुन् । साथै, युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न नसकिएको उनले गुनासो पोखे ।

‘सबैभन्दा ठूलो चुनौतिको रुपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचेअनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कूल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६/२७ अर्ब हुन्छ,’– उनले भने ।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उनले बताए । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उनले बताए । ‘साँच्चै भन्ने हो भने क्रिकेटको ३ वटा राष्ट्रिय गौरवको योजना छ । ३ वटाको बजेट मोटामोटी १२ अर्ब रुपैयाँ पेश भएको छ,’– उनले भने ।

सरकारले खेलाडीहरुको बृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीहरुको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने उनको भनाइ छ । आफू नेतृत्वमा आएको ५ महिनामा पनि नीतिगत क्षेत्रमा धेरै काम भएको र व्यवस्थापनको कोशिस भइरहेको पनि उनले बताए । बैंकर्श संघ, आयल निगम, विद्युत प्राधिकरणलगायतका संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्