Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ

८ पुष २०८१, सोमबार ०२:१९

८ पुस, काठमाडौं। पोखरा प्रहरीको हिरासतमा रहेका बेला सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् ।

उनले यही पुस ३ गते सहकारी ठगी प्रकरणमा मुछिएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको सामाजिक सञ्जालमार्फ तस्वीर सार्वजनिक गरेका थिए।

उक्त तस्वीर आफूले थुनुवा कक्षमा रहेको सीसीटीभीबाट खिचेको भुसालले स्वीकारेपछि यस प्रकरणलाई लिएर प्रहरीले छानबिन गर्न निणन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । भुसाललाई अनुसन्धानका लागि सोमबार पोखरा पठाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्