Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ

८ पुष २०८१, सोमबार ०२:१९

८ पुस, काठमाडौं। पोखरा प्रहरीको हिरासतमा रहेका बेला सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् ।

उनले यही पुस ३ गते सहकारी ठगी प्रकरणमा मुछिएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको सामाजिक सञ्जालमार्फ तस्वीर सार्वजनिक गरेका थिए।

उक्त तस्वीर आफूले थुनुवा कक्षमा रहेको सीसीटीभीबाट खिचेको भुसालले स्वीकारेपछि यस प्रकरणलाई लिएर प्रहरीले छानबिन गर्न निणन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । भुसाललाई अनुसन्धानका लागि सोमबार पोखरा पठाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्