Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

८ पुष २०८१, सोमबार ०२:४२

८ पुस, काठमाडौं। फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुई तिहाई जनता उनलाई प्रधानमन्त्री बनाइएको प्रति असन्तुष्ट छन् ।

फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउलाई प्रधानमन्त्री बनाएकोमा दुई तिहाइ नागरिक असन्तुष्ट देखिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

फ्रान्सेली साप्ताहिक पत्रिका ‘डु डिमान्चे’ का लागि आईएफओपीले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले प्रधानमन्त्रीको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् । आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका खबरमा उल्लेख छ ।

आईएफओपीका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम समर्थन देखिएको छैन । आईएफओपीका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा दुई हजार चार जना फ्रान्सेली जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।

राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैटौं र सन् २०२४ को चौथो प्रधानमन्त्री बायरोउ हुनुहुन्छ । गएको डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रीमण्डलको निर्णय बुझाउनुभएको छैन । बायरोउले आफ्नो नयाँ टिम सप्ताहन्तमा वा क्रिसमसअघि कुनै पनि हालतमा तय हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्