Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

केहि भू–भागमा बर्षा र हिमपातको सम्भावना

८ पुष २०८१, सोमबार ०३:१०

८ पुस, काठमाडौं। सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको कारण बेलुकीपछि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीको प्रभाव बुधवार बिहानसम्म हुने र वर्षा पश्चिमी क्षेत्रमा केन्द्रित हुने देखिएको छ ।

यस्तै आज काठमाण्डु र पोखरामा छिटपुट वर्षाको पनि सम्भावना छ । अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रवार आउने तर त्यो पनि पश्चिम क्षेत्रमा मात्र रहने देखिएको छ ।

मंसिर २३ र २४ गते देशका केही ठाउँमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा तथा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । आज बिहानको समयमा तराई तथा उपत्यका केही ठाउँहरुमा हुस्सु र कुहिरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्