Trending
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता     |     दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा     |     श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |    
समाचार

एनपीएलको फाइनलमा अभद्र व्यवहार गरेको आरोपमा २ जना पक्राउ

८ पुष २०८१, सोमबार ०८:२०

८ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका-१० स्थित त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदुरपश्‍चिम रोयल्सबीचको फाइनल खेलपछि दुर्व्यवहार र आक्रमणमा संलग्न ती युवकलाई जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी नगरपालिका-१ घर भई कीर्तिपुर नगरपालिका-७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।

उनीहरू दुवैजना फाइनल भिडन्तमा पराजित सुदूरपश्चिम रोयल्सका फ्यान रहेको खुलेको छ । जनकपुरले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको पहिलो सिजनको उपाधि चुमेको थियो ।

पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरूबीच झगडा भएको थियो । त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्