Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

एनपीएलको फाइनलमा अभद्र व्यवहार गरेको आरोपमा २ जना पक्राउ

८ पुष २०८१, सोमबार ०८:२०

८ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका-१० स्थित त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदुरपश्‍चिम रोयल्सबीचको फाइनल खेलपछि दुर्व्यवहार र आक्रमणमा संलग्न ती युवकलाई जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी नगरपालिका-१ घर भई कीर्तिपुर नगरपालिका-७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।

उनीहरू दुवैजना फाइनल भिडन्तमा पराजित सुदूरपश्चिम रोयल्सका फ्यान रहेको खुलेको छ । जनकपुरले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको पहिलो सिजनको उपाधि चुमेको थियो ।

पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरूबीच झगडा भएको थियो । त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्