Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

८ पुष २०८१, सोमबार ०८:३१

८ पुस, काठमाडौं। सहकारीको बचत अपचलन र सम्पत्ति शुद्धीकरणमा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ ।

यस बैठकमा आइतबार सभापति रवि लामिछानेविरुद्ध करोडौं बिगो दाबीसहित रिट भएको मुद्दाको विषयमा छलफल हुने छ । गत कात्तिक २ लामिछाने पक्राउ परेपछि अहिलेसम्म रास्वपाले कार्यवहाक सभापति पनि बनाउन सकेको छैन ।

यस्तै संसदीय दलको बैठक पनि बस्न सकेको छैन । संसदीय दलको नेता लामिछाने नै भएकाले रास्वपाले कसलाई बनाउने निर्णय गर्ने सकेको छैन । यस बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठकका लागि रास्वपा उपसभापति अर्याल अहिले पोखराबाट काठमाडौं आउन लागेका छन् । यस्तै अर्का उपसभापति स्वर्णिम वाग्ले वीरगञ्जमा छन् । उनी पनि काठमाडौं आउन सक्ने बताइएको छ । यस्तै, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद शिशिर खनाल पोखराबाट काठमाडौंमा आउन लागेका छन् । आइतबार पोखरा पुगेर सभापति लामिछानेसँग उनीहरूले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्