Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

८ पुष २०८१, सोमबार ०८:३१

८ पुस, काठमाडौं। सहकारीको बचत अपचलन र सम्पत्ति शुद्धीकरणमा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ ।

यस बैठकमा आइतबार सभापति रवि लामिछानेविरुद्ध करोडौं बिगो दाबीसहित रिट भएको मुद्दाको विषयमा छलफल हुने छ । गत कात्तिक २ लामिछाने पक्राउ परेपछि अहिलेसम्म रास्वपाले कार्यवहाक सभापति पनि बनाउन सकेको छैन ।

यस्तै संसदीय दलको बैठक पनि बस्न सकेको छैन । संसदीय दलको नेता लामिछाने नै भएकाले रास्वपाले कसलाई बनाउने निर्णय गर्ने सकेको छैन । यस बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठकका लागि रास्वपा उपसभापति अर्याल अहिले पोखराबाट काठमाडौं आउन लागेका छन् । यस्तै अर्का उपसभापति स्वर्णिम वाग्ले वीरगञ्जमा छन् । उनी पनि काठमाडौं आउन सक्ने बताइएको छ । यस्तै, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद शिशिर खनाल पोखराबाट काठमाडौंमा आउन लागेका छन् । आइतबार पोखरा पुगेर सभापति लामिछानेसँग उनीहरूले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्