Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

सभामुखको कार्यकक्षमै पुगे रास्वपाका सांसद, रविलाई निलम्बन नगर्न माग

८ पुष २०८१, सोमबार ०८:३५

८ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने जिकिरसहित सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।

रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न माग गर्दै उनीहरू सभामुख भेट्न गएका हुन् । रास्वपाका सांसदद्धय सोविता गौतम र गणेश पराजुली सभामुख घिमिरेलाई भेट्न गएका हुन् ।

लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलिरहेको बेलामा उनीहरू सभामुखको कार्यकक्षमा पुगेका हुन् । रविविरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो । यो पत्रको विषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरे लगत्तै रास्वपा सांसदहरू पुगेका हुन् ।

रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो।

सोको जानकारी सभामुख घिमिरेलाई पनि आइतबार नै गराइसकेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सांसद रविविरुद्ध उक्त कसुरमा अभियोगपत्र दायर भएको जानकारी सभामुखलाई गराएको थियो।

प्रतिक्रिया दिनुहोस्