Trending
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा     |     पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |    
समाचार

सभामुखको कार्यकक्षमै पुगे रास्वपाका सांसद, रविलाई निलम्बन नगर्न माग

८ पुष २०८१, सोमबार ०८:३५

८ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने जिकिरसहित सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।

रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न माग गर्दै उनीहरू सभामुख भेट्न गएका हुन् । रास्वपाका सांसदद्धय सोविता गौतम र गणेश पराजुली सभामुख घिमिरेलाई भेट्न गएका हुन् ।

लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलिरहेको बेलामा उनीहरू सभामुखको कार्यकक्षमा पुगेका हुन् । रविविरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो । यो पत्रको विषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरे लगत्तै रास्वपा सांसदहरू पुगेका हुन् ।

रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो।

सोको जानकारी सभामुख घिमिरेलाई पनि आइतबार नै गराइसकेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सांसद रविविरुद्ध उक्त कसुरमा अभियोगपत्र दायर भएको जानकारी सभामुखलाई गराएको थियो।

प्रतिक्रिया दिनुहोस्