Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

देउवाको घरमा प्रशिक्षण प्रतिष्ठानका निर्देशकको शपथ

८ पुष २०८१, सोमबार ०८:४१

८ पुस, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठलाई निजी निवासमै पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

आइतबार पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा गोरखाका श्रेष्ठलाई नियुक्त गरेका थिए ।

पार्टीका औपचारिक कार्यक्रम केन्द्रीय कार्यालयमा हुने गरे पनि देउवाले निजी निवासमै श्रेष्ठलाई शपथ गराएका हुन् । उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानले देशभर पार्टी प्रशिक्षण र अनुसन्धानसहितका काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्