Trending
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता     |     दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा     |     श्रीमती हत्या प्रकरणमा आरोपी पति थुनामा, अदालतको आदेश     |     कर्णालीमा साउन १ गते सार्वजनिक बिदा     |     उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान     |     बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै     |     आज यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना     |    
खेलकुद

बौद्ध नयाँ च्याम्पियन

८ पुष २०८१, सोमबार १४:४३

८ पुस, काठमाडौं। बौद्ध भेट्रानले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । पहिलो संस्करणदेखि निरन्तर सहभागी बौद्ध पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।

चावहिलमा भएको प्रतियोगिताको फाइनलमा बौद्धले फ्रिडम एक्सपर्टलाई २–० गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । बौद्धका सञ्जय लामा र उमेश लामाले समान १–१ गोल गरे । उमेशनै फाइनलको ‘म्यान अफ द म्याच’ बने । उपाधिसंगै बौद्धले १ लाख नगद पुरस्कार हात पा¥यो भने फ्रिडमले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमका निलेन्द्र देवान ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भए । फ्रिडमकै प्रकाश राना उत्कृष्ट खेलाडी चुनिए । बौद्धकाद्वय धर्मेन लामा उत्कृष्ट गोलरक्षक र कृष्ण लामा उत्कृष्ट डिफेन्डर बने । चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, सदस्यद्वय सुरेश शाही र कल्पना सुन्दासलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा मोफसलका ३ सहित २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्