Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

बौद्ध नयाँ च्याम्पियन

८ पुष २०८१, सोमबार १४:४३

८ पुस, काठमाडौं। बौद्ध भेट्रानले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । पहिलो संस्करणदेखि निरन्तर सहभागी बौद्ध पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।

चावहिलमा भएको प्रतियोगिताको फाइनलमा बौद्धले फ्रिडम एक्सपर्टलाई २–० गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । बौद्धका सञ्जय लामा र उमेश लामाले समान १–१ गोल गरे । उमेशनै फाइनलको ‘म्यान अफ द म्याच’ बने । उपाधिसंगै बौद्धले १ लाख नगद पुरस्कार हात पा¥यो भने फ्रिडमले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमका निलेन्द्र देवान ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भए । फ्रिडमकै प्रकाश राना उत्कृष्ट खेलाडी चुनिए । बौद्धकाद्वय धर्मेन लामा उत्कृष्ट गोलरक्षक र कृष्ण लामा उत्कृष्ट डिफेन्डर बने । चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, सदस्यद्वय सुरेश शाही र कल्पना सुन्दासलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा मोफसलका ३ सहित २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्