Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

सनसाइन र काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

८ पुष २०८१, सोमबार १४:४६

८ पुस, काठमाडौं। सनसाइन र काठमाडौं जेभियर्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सनसाइनले चैतन्य शिक्षा संस्कारलाई ४१–३१ ले पराजित ग¥यो । सनसाइनको जितमा सोनाम तामाङले २० अंक योगदान गरे । सुवर्ण भुजेलको ६ अंक सहयोगमा काठमाडौं जेभियर्सले लिभरपुललाई २७–५ ले हरायो । अल्वर्ट, अवेरनेसन इन्टरनेसनल एकेडेमी (एआईए), मार्वलस र हेम्स पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।

सिनियर गल्र्समा काठमाडौं जेभियर्स, स्पाङ्गेल, एसियन पब्लिक, श्रीजन्शिल, स्वप्न वाटिका, लिभरपुल, चैतन्य र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, एसियन पब्लिक, लिटिल फ्लावर, सनसाइन, एआईए र स्पाङ्गेलले क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतिक्रिया दिनुहोस्