Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

महिला फुटबल टिम सम्मानित

८ पुष २०८१, सोमबार १४:४८

८ पुस, काठमाडौं। भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोकले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपालीलाई नगदसहित सम्मान गरेको छ ।

गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको अवसरमा २३ खेलाडी र ३ प्रशिक्षक गरी २६ जनालाई एकमुष्ट १३ लाख रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले नेपाल महिला फुटबल संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य पेमा डोल्मा लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

पेमा डोल्मा लामाकै पहलमा गाउँपालिकाले टोलीलाई सम्मान गरेको हो । सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा सहभागी छात्रा खेलाडीलाई युक्ति फाउन्डेसनले सेनिटरी प्याड हस्तान्तरण गरेको थियो ।

फाउन्डेसनकी अध्यक्ष युक्ति लामा श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडीलाई प्याड प्रदान गरेको लामाले जानकारी गराइन् । उनीहरुलाई महिला फुटबल टोलीका खेलाडीले प्याड प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्