Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

महिला फुटबल टिम सम्मानित

८ पुष २०८१, सोमबार १४:४८

८ पुस, काठमाडौं। भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोकले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपालीलाई नगदसहित सम्मान गरेको छ ।

गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको अवसरमा २३ खेलाडी र ३ प्रशिक्षक गरी २६ जनालाई एकमुष्ट १३ लाख रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले नेपाल महिला फुटबल संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य पेमा डोल्मा लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

पेमा डोल्मा लामाकै पहलमा गाउँपालिकाले टोलीलाई सम्मान गरेको हो । सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा सहभागी छात्रा खेलाडीलाई युक्ति फाउन्डेसनले सेनिटरी प्याड हस्तान्तरण गरेको थियो ।

फाउन्डेसनकी अध्यक्ष युक्ति लामा श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडीलाई प्याड प्रदान गरेको लामाले जानकारी गराइन् । उनीहरुलाई महिला फुटबल टोलीका खेलाडीले प्याड प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्