Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित

९ पुष २०८१, मंगलवार ०३:१९

९ पुस, काठमाडौँ। नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पधी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् ।

थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सीमित रहे । यसअघि थापा जेसीज वर्ष २०२४ का अध्यक्ष रबिन केसीसँग पराजित भएकी थिइन् । यस्तै, जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भए ।

यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् । मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनले यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छिन् ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन । अध्यक्षमा ५ जनाको आकाङ्क्षा भए पनि गएराती २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया दिनुहोस्