Trending
‘कोशेढुंगा’ चलचित्रको तीज गीत सार्वजनिक     |     ‘होस्टेल ३’को समूहबाटै ‘होस्टेल अगेन’ घोषणा, यो पटक थ्रिलर कथा     |     एमाले केन्द्रीय बैठकमा विधान संशोधन र संगठन प्रस्तावमा बहस     |     साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई     |     पदम गिरीको दाबी : “मिसन ०८४” सफल बनाउन ओलीको निरन्तर नेतृत्व अपरिहार्य     |     आज सुनको मूल्य कति छ ?     |     साफ यू-२० महिला च्याम्पियनसिपका लागि आज नेपाल र बंगलादेश भिड्दै     |     पूजा आराधना गर्न पशुपतिनाथ मन्दिरको चारै ढोका खुला     |     कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट     |     आज देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना     |    
खेलकुद

एरिका र कुशललाई रेडियन्ट रिडर्सको सम्मान

९ पुष २०८१, मंगलवार १२:१६

९ पुस, काठमाडौँ। सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो । उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढ्याउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशलनै एरिकाको प्रशिक्षक थिए । कुशल दसौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्वपूर्ण माध्यम भएको बताए ।

संस्थापक प्रिन्सिपल ढुंगानाले विस्तारै नेपालमा पनि खेलकुदमै लागेर जीवीकोपार्जन गर्न सक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताए । वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्