Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

युकेमा सन्जित सम्मानित

९ पुष २०८१, मंगलवार १२:२०

९ पुस, काठमाडौँ। किरात राई यायोक्खा, युकेले सन्जितकुमार राईलाई सम्मान गरेको छ ।

नोभेम्बर २४ तारिखमा युकेमा भएको डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा पदक जित्दै राष्ट्रको गौरव अभिबृद्धि गरे वापत सन्जितलाई सम्मान गरिएको हो । डब्लुुएमएसी वेल्समा सन्जितले २ स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका थिए ।

किरात राई यायोक्खा, युकेका अध्यक्ष आशा राई र महासचिव राजेन राम्जाङ राईले सन्जितलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । यसअघि सोही उपलब्धीको कदर गर्दै एनआरएनए, युकेले पनि सन्जितलाई सम्मान गरेको थियो । एनआरएनए, युकेका अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेलले सन्जितलाई प्रशंसा पत्रसहित सम्मान गरे ।

डब्लुुएमएसी वेल्सअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् ।

सनिजतले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न राष्ट्रिय प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु संघका अध्यक्ष हुन् । हाल युकेमै रहेका सन्जित यसै साता स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया दिनुहोस्