Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

युकेमा सन्जित सम्मानित

९ पुष २०८१, मंगलवार १२:२०

९ पुस, काठमाडौँ। किरात राई यायोक्खा, युकेले सन्जितकुमार राईलाई सम्मान गरेको छ ।

नोभेम्बर २४ तारिखमा युकेमा भएको डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा पदक जित्दै राष्ट्रको गौरव अभिबृद्धि गरे वापत सन्जितलाई सम्मान गरिएको हो । डब्लुुएमएसी वेल्समा सन्जितले २ स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका थिए ।

किरात राई यायोक्खा, युकेका अध्यक्ष आशा राई र महासचिव राजेन राम्जाङ राईले सन्जितलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । यसअघि सोही उपलब्धीको कदर गर्दै एनआरएनए, युकेले पनि सन्जितलाई सम्मान गरेको थियो । एनआरएनए, युकेका अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेलले सन्जितलाई प्रशंसा पत्रसहित सम्मान गरे ।

डब्लुुएमएसी वेल्सअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् ।

सनिजतले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न राष्ट्रिय प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु संघका अध्यक्ष हुन् । हाल युकेमै रहेका सन्जित यसै साता स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया दिनुहोस्