Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

मार्वलसको दुई टोली सेमिफाइनलमा

९ पुष २०८१, मंगलवार १२:२२

९ पुस, काठमाडौँ। मार्वलसको दुई टोली १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । मार्वलसको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगे ।

मध्य क्षेत्रीय प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा मार्वलसले स्वप्न वाटिकालाई ४०–३२ ले पराजित ग¥यो । मार्वलसको जितमा रोहित दाहालले १५ अंक योगदान गरे । जुनियर ब्वाइजको क्वाटरफाइनलमा नवीन कार्कीको १७ अंक सहयोगमा मार्वलसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४५–२८ ले हरायो ।

सिनियर ब्वाइजमा एआईएले काठमाडौं जेभियर्स पब्लिकलाई ३९–३१, सनसाइनले अल्वर्टलाई ८२–१८ र हेम्सले अक्षरलाई ४६–२६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एआईएका सुबोध केसीले १६, सनसाइनका सोनाम तामाङले ४१ र हेम्सका सुशांक आचार्यले १७ स्कोर गरे ।

जुनियर ब्वाइजमा हेम्सले स्पाङ्गेललाई २८–१६, काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४६–१३ र सनसाइनले लिटिल फ्लावरलाई ४९–२३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । हेम्सका प्रेनिश दासले १४, काठमाडौं जेभियर्सका अनमोल कुशुवारले २६ र सनसाइनलका ऋतिक गिरीले ४६ अंक जोडे ।

सिनियर गल्र्समा काठमाडौं जेभियर्सले स्पाङ्गेललाई ३२–१०, एसियन पब्लिकले श्रृजन्शिललाई १२–४, लिभरपुलले स्वप्न वाटिकालाई १२–७ र इनोभेटिभले चैतन्य शिक्षा संस्कारलाई १९–६ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले १८, एसियन पब्लिककी आकृति माझीले ५, लिभरपुलकी मर्फिना गुरुङले ४ र इनोभेटिभकी विद्या कुमालले ६ अंक बटुले ।

सेमिफाइनलदेखिका सम्पूर्ण खेलहरु शंखमूलस्थित लिभरपुल स्कुलमा हुनेछ । यसअघि जुनियर ब्वाइज र सिनियर गल्र्सका खेलहरु नयाँ बानेश्वरस्थित काठमाडौं जेभियर्समा भएका थिए । लिभरपुलमा सिनियर ब्वाइजका खेल खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्