Trending
गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |     सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस् : प्रधानमन्त्री     |     चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो…     |     सिक्किममा निश्चललाई स्वर्ण     |     पत्रकार सुरेश रजक हत्या प्रकरण : उच्चस्तरीय छानविन गठन गर्न प्रेस संगठनको माग     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |     वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो     |     द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री     |     इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर     |    
समाचार

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य : प्रधानमन्त्री

१ आश्विन २०८१, मंगलवार ०६:१६

१ असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बाह्रौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गरेको शुुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजासमृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य रहेको उनको छ। सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर रहेको शुभकामना सन्देश रहेको छ।

एमाले अध्यक्षसमेत रहेका ओलीले भनेका छन्,‘सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रुपमा अंगीकार गर्ने नीति लिएको छ। विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ। यस्ता संगठनहरु उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ।’

ओलीले शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक रहेको उल्लेख गरे। ओलीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्ने उनको भनाई छ।‘पूर्वीय दर्शनले सयौं वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरुमा प्रष्ट छन्। हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो।’ उनले भने,‘समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौं।

बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा  पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए। खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौं। समयक्रममा हाम्रा सामु नयाँ परम्परा र परिवेश आए र तिनलाई अगाडि बढाउनुपर्‍यो। अब फेरि हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्छ।’

“सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ”, सन्देशमा भनिएको छ ।

सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्न आविष्कार कोष, ‘स्टार्टअप फण्ड’जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवा केन्द्रित कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै सन्देशमा विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति, कार्यक्रम निर्माणमा केन्द्रित हुन आवश्यक रहेको बताउनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्