Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छ : उपसभामुख रानामगर

९ पुष २०८१, मंगलवार १५:३५

९ पुस, काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले देशको साझा हितमा संसदीय रिपोर्टिङ गर्नुपर्ने बताएकी छिन् ।

आज भक्तपुरको नगरकोटमा आयोजित संसद्–सञ्चार अन्तरसंवाद कार्यक्रममा उपसभामुख रानामगरले संसदीय प्रक्रियाको रिपोर्टिङ व्यक्तिको इन्ट्रेसको आधार नगरी जनताको हित र राष्ट्रको हितमा गर्नुपर्ने बताएकी हुन् ।

संसद् र लोकतन्त्रलाई बलियो बनाउन सबैले जिम्मेवार बन्नुपर्ने र प्रतिबद्धता गर्नुपर्ने उनी बताउँछिन् । संसदीय रिपोर्टिङ गर्दा संसदीय अभ्यास र प्रक्रियाको विषयमा पत्रकारहरूले जिम्मेवार र इमानदारी भएर रिपोर्टिङ गर्नुपर्छ । कहिलेकाही पत्रकारहरूले गलत रिपोर्टिङ गर्दा सोझा सिधा सांसद र जनता अन्यमा पर्ने गरेको उपसभामुख रानामगरले बताइन् ।

संसद्को इतिहासलाई सङ्ग्रह गर्न र सचिवालयलाई व्यवस्थित बनाउन आधुनिक पुस्ताकालय र सूचना केन्द्र बनाउनुपर्ने उनले बताइन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत संसद् सहयोग कार्यक्रमका प्रमुख यामबहादुर किसानले संसदीय प्रक्रियालाई बलियो मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्