Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छ : उपसभामुख रानामगर

९ पुष २०८१, मंगलवार १५:३५

९ पुस, काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले देशको साझा हितमा संसदीय रिपोर्टिङ गर्नुपर्ने बताएकी छिन् ।

आज भक्तपुरको नगरकोटमा आयोजित संसद्–सञ्चार अन्तरसंवाद कार्यक्रममा उपसभामुख रानामगरले संसदीय प्रक्रियाको रिपोर्टिङ व्यक्तिको इन्ट्रेसको आधार नगरी जनताको हित र राष्ट्रको हितमा गर्नुपर्ने बताएकी हुन् ।

संसद् र लोकतन्त्रलाई बलियो बनाउन सबैले जिम्मेवार बन्नुपर्ने र प्रतिबद्धता गर्नुपर्ने उनी बताउँछिन् । संसदीय रिपोर्टिङ गर्दा संसदीय अभ्यास र प्रक्रियाको विषयमा पत्रकारहरूले जिम्मेवार र इमानदारी भएर रिपोर्टिङ गर्नुपर्छ । कहिलेकाही पत्रकारहरूले गलत रिपोर्टिङ गर्दा सोझा सिधा सांसद र जनता अन्यमा पर्ने गरेको उपसभामुख रानामगरले बताइन् ।

संसद्को इतिहासलाई सङ्ग्रह गर्न र सचिवालयलाई व्यवस्थित बनाउन आधुनिक पुस्ताकालय र सूचना केन्द्र बनाउनुपर्ने उनले बताइन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत संसद् सहयोग कार्यक्रमका प्रमुख यामबहादुर किसानले संसदीय प्रक्रियालाई बलियो मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्