Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

काजाकस्तानमा ६७ जना यात्रु बोकेको अजरबैजानको विमान दुर्घटना

१० पुष २०८१, बुधबार ०८:३१

१० पुस, एजेन्सी। कजाकिस्तानको अकताउ सहरमा एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा केही हताहत भएको हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको काजाकिस्तानको आपतकालीन मन्त्रालयले जनाएको छ ।

विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । अजरबैजान एयरलाइन्सको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै जानकारी नआएकाे बताइएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्