Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

काजाकस्तानमा ६७ जना यात्रु बोकेको अजरबैजानको विमान दुर्घटना

१० पुष २०८१, बुधबार ०८:३१

१० पुस, एजेन्सी। कजाकिस्तानको अकताउ सहरमा एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा केही हताहत भएको हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको काजाकिस्तानको आपतकालीन मन्त्रालयले जनाएको छ ।

विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । अजरबैजान एयरलाइन्सको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै जानकारी नआएकाे बताइएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्