Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

सनसाइन र हेम्स उपाधिनजिक

१० पुष २०८१, बुधबार १५:५७

१० पुस,काठमाडौं। सनसाइन र हेम्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

शंखमूलस्थित लिभरपुल स्कुलमा भएको सेमिफाइनलमा सनसाइनले मार्बलसलाई ५३–२६ ले पराजित ग¥यो । सनसाइनको जितमा सोनाम तामाङले २१ अंक योगदान गरे । सुशान्त आचार्यको १४ अंक सहयोगमा हेम्सले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४८–४६ को साँघुरो अन्तरले हरायो ।

मध्य क्षेत्रीय प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स र मार्बलसले उपाधि भिडन्त पक्का गरे ।
काठमाडौं जेभियर्सले सनसाइनलाई ३१–१२ ले पाखा लगायो । काठमाडौं जेभियर्सका अनमोल कुशुवारले २४ स्कोर गरे । मार्बलसले हेम्सलाई २९–२३ ले पन्छायो । मार्बलसका नवीन कार्कीले २२ अंक जोडे ।

सिनियर गल्र्समा काठमाडौं जेभियर्स र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन् । काठमाडौं जेभियर्सले लिभरपुलमाथि २४–१८ को जित रच्यो । काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ११ स्कोर गरिन् । इनोभेटिभले एसियन पब्लिकको चुनौती २९–२० ले समाप्त पा¥यो । इनोभेटिभकी विद्या कुमालले १० अंक जोडिन् । फाइनल बिहीबार हुनेछ ।

किन्डर ओलम्पिक
अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिकको दोश्रो चरणको कार्यक्रम बुधबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीले मार्च पास्ट गरेका थिए । विश्व शारीरिक सुगठन प्रतियोगितका रजत विजेताद्वय प्रज्ज्वलमान शाक्य र सनम मुलगुठीलगायतको उपस्थितिमा भएको मार्च पास्टको अगुवाइ ओलम्पियनद्वय जुडोकी देबु थापा र एथलेटिक्सकी विमला रानाले गरेका थिए ।
दोश्रो चरणमा १३ विद्यालयका ६ सय ५० विद्यार्थी सहभागी भएको इसीइटीएका सल्लाहकार केदारमान स्थापितले जनाएका छन् । पहिलो चरणको कार्यक्रममा १९ विद्यालयका ७ सय २० विद्यार्थीको सहभागिता थियो ।

विद्यार्थीले कराते, उसु, जिम्न्याष्टिक र तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेका थिए । दोश्रो चरणका सहभागीलाई राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्य, काठमाडौं महानगरापलिकाकी उप मेयर सुनिता डंगोललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तेश्रो चरणको कार्यक्रम माघ २७ गते सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमै हुनेछ । ‘जित्नु भन्दा सहभागिता महत्पूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकको तेश्रो चरणसम्म विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्