Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

मेयर कप टेबलटेनिस सुरु

१० पुष २०८१, बुधबार १५:४८

१० पुस,काठमाडौं। ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पाटनको गःछें टोलमा बुधबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्दै ललितपुरमा टेबलटेनिसको राम्रो माहोल रहेको बताए ।

‘ललितपुरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने धेरै राम्रो खेलाडी छन् । ललितपुरमा टेबलटेनिसको माहोल पनि राम्रो छ ।’ मेयर महर्जनले भने– ‘अझ यो प्रतियोगिता रात्रीकालीन भएकाले सबै उमेरसमूहका खेलाडीको रुची यसप्रति बढ्दै गएको मैले पाएको छु ।’

प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २५ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता समेत रहेका आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जनाएका छन् ।

प्रतियोगितामा १६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ३ लाख ६८ हजार रुपैयाँ रहेको प्रतियोगिता संयोजक सन्जु अवालेले जानकारी दिए ।

टिम च्याम्पियन बन्न सफल वडालाई रनिङ सिल्ड पनि प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट करिब २१ लाख ८३ हजार रुपैयाँ रहेको निकेश जोशीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्