Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव

११ पुष २०८१, बिहीबार ०३:३२

११ पुस,चितवन। चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव शुरू हुँदैछ ।

इस्वी संवत्को नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर आजदेखि पाँच दिनसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।

महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूसँग गोष्ठी, चितवनको पर्यटनको सम्भावनबारे अन्तरक्रिया, स्थानीय भेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी पनि राखिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार हात्ती महोत्सवमा निजी तथा सरकारी गरी झण्डै ५० वटा हात्ती सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्