Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव

११ पुष २०८१, बिहीबार ०३:३२

११ पुस,चितवन। चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव शुरू हुँदैछ ।

इस्वी संवत्को नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर आजदेखि पाँच दिनसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।

महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूसँग गोष्ठी, चितवनको पर्यटनको सम्भावनबारे अन्तरक्रिया, स्थानीय भेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी पनि राखिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार हात्ती महोत्सवमा निजी तथा सरकारी गरी झण्डै ५० वटा हात्ती सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्