Trending
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा     |     पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |    
खेलकुद

पहिलो दिन अस्ट्रेलियाको ३११ रन, डेब्यु ब्वायसँग कोहलीको नोकझोक

११ पुष २०८१, बिहीबार ०९:३३

११ पुस, म्याग्दी। भारतविरूद्धको चौथो टेस्टको पहिलो दिन घरेलु टोलीका शीर्ष ४ ब्याटरले अर्धशतक प्रहार गरेका छन्।

पहिलो दिन अस्ट्रेलियाले ६ विकेट गुमाएर ३ सय ११ रन बनाउँदा दिनको खेल समाप्त भयो। आज स्टिभ स्मिथ ६८ रनमा अविजित रहँदा कप्तान प्याट कमिन्स ८ रन बनाएर अविजित फर्किएका छन्।

मेलवर्नको एमसिजी मैदानमा टस जितर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि १९ वर्षीय युवा ओपनर सम कोन्सटासले डेब्युमै ६० रनको अर्धशतकीय इनिङ्स खेले। शीर्ष क्रमका चार ब्याटरले अर्धशतक बनाउँदै अस्ट्रेलियालाई राम्रो सुरुवात दिए। अर्का ओपनर उस्मान ख्वाजा ५७ रनमा आउट हुँदा मार्नुस लबुसेनले ७२ रन बनाए। त्यसपछि क्रिजमा आउका स्टिभ स्मिथ ६८रनमा अविजित छन्।

तर, खेलका दौरान भारतीय खेलाडी विराट कोहली र सामबीचमा भएको एउटा विवादले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । सामसँग कोहलीले काँध जुधाएको भिडियोमा देखिएको छ ।

कोन्स्टास पिचको साइडबाट हिँडिरहँदा विराटले उनी हिँडिरहेको बाटोमा आएर काँध जुधाएजस्तो देखिन्छ । जवाफमा सामले कोहलीलाई केही भन्छन् र कोहलीले पनि जवाफ फर्काउँछन् । अम्पायर र खेलाडीहरू आएर दुवैलाई शान्त पार्छन् ।

युवा खेलाडीलाई कोहलीले धकेले, आइसिसीले अनुसन्धान गर्ने
१० औँ ओभरको ब्रेकपछि भारतीय ब्याटर विराट कोहलीले अस्ट्रेलियाका ओपनर सम कोन्स्टासलाई काँधले धकेले। उनीहरु दुईबीच एकअर्काविरुद्ध बहससमेत भयो।

दुईबीचमा म्याच रेफ्री नै आएर संयमित बनाउनु परेको थियो। त्यसको अर्को ओभरमा युवा स्टारले बुमराहको बलमा ३ बाउन्ड्री प्रहार गरेका थिए। यो विषयलाई लिएर आइसिसीले अनुसन्धान गर्ने भएको छ।

दुवै खेलाडीलाई केही डिमेरिट पोइन्टसँगै म्याच फीमा पनि कटौती हुन सक्ने छ। साम कोन्सटास अस्ट्रेलियाका लागि डेब्यू खेलमा अर्धशतक प्रहार गर्ने दोस्रो कान्छा खेलाडीसमेत बनेका छन्। उनले ६ चौका र २ छक्कासहित ६० रन बनाएका थिए। उनले भारतका स्टार बलर जसप्रित बुमराहलाई एकै ओभरमा १८ रन प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्