Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी

११ पुष २०८१, बिहीबार ०९:३८

११ पुस,पोखरा। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान शुरु भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसोबाट सुरु भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए।

यो मुद्दामा न्यायाधिश नितिज राईको इजलासमा थुनछेक प्रक्रिया अगाडी बढेको हो। यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान भइरहेको हो। बिहीबार नै अर्की प्रतिवादी लिला पछाईको बयान सकिएपछि रविको बयान सुरु भएको हो। यसअघि नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो।

अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ। उनीहरुको बयान शुक्रबारसम्ममा सक्ने अदालतको तयारी छ। श्रेस्तेदार खनालले शुक्रबारसम्ममा बयान सक्ने तयारी भएपनि लामिछानेको बयान लामो भए आइतबार मात्रै बयान सकिने सम्भावना रहेको बताए।

सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गर्दै मुद्धा दायर गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

प्रतिक्रिया दिनुहोस्