Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी

११ पुष २०८१, बिहीबार ०९:३८

११ पुस,पोखरा। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान शुरु भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसोबाट सुरु भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए।

यो मुद्दामा न्यायाधिश नितिज राईको इजलासमा थुनछेक प्रक्रिया अगाडी बढेको हो। यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान भइरहेको हो। बिहीबार नै अर्की प्रतिवादी लिला पछाईको बयान सकिएपछि रविको बयान सुरु भएको हो। यसअघि नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो।

अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ। उनीहरुको बयान शुक्रबारसम्ममा सक्ने अदालतको तयारी छ। श्रेस्तेदार खनालले शुक्रबारसम्ममा बयान सक्ने तयारी भएपनि लामिछानेको बयान लामो भए आइतबार मात्रै बयान सकिने सम्भावना रहेको बताए।

सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गर्दै मुद्धा दायर गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

प्रतिक्रिया दिनुहोस्