Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
विज्ञान र प्रविधि

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध

११ पुष २०८१, बिहीबार ११:३७

काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को पहिलो महिला अध्यक्षका रूपमा सुनैना घिमिरे पाण्डे निर्विरोध निर्वाचित भएकी छन् ।

महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनका बेला हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएकी हुन् ।

महासचिव अधिकारीका अनुसार क्यान महासंघको ३१औं वार्षिक साधारणसभा तथा १५औं महाधिवेशनबाट संस्थाले पहिलो महिला अध्यक्षको रुपमा सुनैना घिमिरे पाण्डेलाई पाउने भएको हो। पुस १३ गते शनिबार क्‍यान महासंघको १५औं महाधिवेशन हुँदैछ । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी छिन् ।

निर्वाचन प्रक्रियाअन्तर्गत पुस १३ गते औपचारिक घोषणा हुनेछ । सदस्य र अन्य पदका लागि शनिबार निर्वाचन हुँदै छ । क्यानको नेतृत्व हाल रञ्जित कुमार पोदारले गरिरहेका छन् ।

पाण्डेले पनि यसअघि क्यान महासंघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् । २०७६ सालमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकोमा उनी नवराज कुँवरसँग पराजित भएकी थिइन् । उनी सफ्टवेयर डेभेलप्मेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्