Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
विज्ञान र प्रविधि

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध

११ पुष २०८१, बिहीबार ११:३७

काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को पहिलो महिला अध्यक्षका रूपमा सुनैना घिमिरे पाण्डे निर्विरोध निर्वाचित भएकी छन् ।

महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनका बेला हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएकी हुन् ।

महासचिव अधिकारीका अनुसार क्यान महासंघको ३१औं वार्षिक साधारणसभा तथा १५औं महाधिवेशनबाट संस्थाले पहिलो महिला अध्यक्षको रुपमा सुनैना घिमिरे पाण्डेलाई पाउने भएको हो। पुस १३ गते शनिबार क्‍यान महासंघको १५औं महाधिवेशन हुँदैछ । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी छिन् ।

निर्वाचन प्रक्रियाअन्तर्गत पुस १३ गते औपचारिक घोषणा हुनेछ । सदस्य र अन्य पदका लागि शनिबार निर्वाचन हुँदै छ । क्यानको नेतृत्व हाल रञ्जित कुमार पोदारले गरिरहेका छन् ।

पाण्डेले पनि यसअघि क्यान महासंघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् । २०७६ सालमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकोमा उनी नवराज कुँवरसँग पराजित भएकी थिइन् । उनी सफ्टवेयर डेभेलप्मेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्