Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
विज्ञान र प्रविधि

जापान एयरलाइन्समा साइबर आक्रमण

११ पुष २०८१, बिहीबार ११:४०

एजेन्सी। जापान एयरलाइन्समाथि साइबर आक्रमण भएको छ । बिहीबार भएको यस आक्रमणका कारण कम्पनीको केही घरेलु र अन्तर्राष्ट्रिय उडानमा ढिलाइ भएका थिए ।

जापान एयरलाइन्समाथि साइबर आक्रमण भएको छ । बिहीबार भएको यस आक्रमणका कारण कम्पनीको केही घरेलु र अन्तर्राष्ट्रिय उडानमा ढिलाइ भएका थिए । एयरलाइन्सको ब्यागेज चेक-इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो।

प्रणालीमा समस्या गराउने राउटर आंशिक रूपमा बन्द गरेको अनि बिहीबार छुट्ने उडानको लागि टिकटको विक्री पनि रोकेको कम्पनीले बताएको छ । जापानका अन्य प्रमुख विमान सेवा प्रदायक एएनए होल्डिङ्सको प्रणालीमा भने आक्रमणको सङ्केत नदेखिएको कम्पनीका प्रवक्ताले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्