Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ

१ आश्विन २०८१, मंगलवार १३:४७

१ असोज, वीरगञ्ज। प्रहरीले सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मण वा भन्ने २१ वर्षे ओमकुमार पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा आज पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर, ह्वाट्सएप लगायतमा ‘किङ्स अफ पर्सा’मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरेर डर त्रास सिर्जना गरेकाले पक्राउ गरेको जानकारी दिए।

‘‘पक्राउ परेका पटेलले अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेकाले नियन्त्रणमा लिएका हौँ,’’ उनले भने, ‘‘सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।’’ सो कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्