Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

काठमाडौं जेभियर्स र हेम्सलाई उपाधि

१२ पुष २०८१, शुक्रबार ०२:२१

१२ पुस,काठमाडौं। काठमाडौं जेभियर्स पब्लिक स्कुल र हेम्सले १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।

दोहोरो उपाधि चुमेको काठमाडौं जेभियर्स जुनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । हेम्सले सिनियर ब्वाइजमा बाजी मा¥यो । जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स र सियिनर ब्वाइजमा हेम्स लगातार तेश्रोपटक च्याम्पियन बनेका हुन् ।

शंखमूलस्थित लिभरपुल स्कुलमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले मार्बलसलाई ३९–३१ ले पराजित ग¥यो । विजयी टिमका लागि अनमोल कुशुवारले ३० अंक जोडे । सनसाइन तेश्रो भयो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काठमाडौं जेभियर्सले ११ औं र १२ औं संस्करणको उपाधि विजेता इनोभेटिभलाई २५–१६ ले हराउदै ह्याट्रिक उपाधि जित्नबाट रोक्यो । काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले १७ स्कोर गरिन् ।

एसियन पब्लिकले तेश्रो स्थानमा चित्त बुझायो । प्याब्सन मध्य क्षेत्रीय समितिद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजको फाइनलमा हेम्सले सनसाइनलाई ५४–४० ले पाखा लगायो । हेम्सका लागि सुशान्त आचार्यले १८ अंक जोडे । मार्बलस तेश्रो बन्यो ।सिनियर ब्वाइजमा हेम्सका सुशान्त आचार्य, सिनियर गल्र्समा काठमाडौं जेभियर्सकी सुहानी बानियाँ र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका अनमोल कुशुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा सनसाइनका सोनाम तामाङ, सिनियर गल्र्समा इनोभेटिभकी विद्या कुमाल र जुनियर ब्वाइजमा मार्बलसका नवीन कार्की प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । सिनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए), सिनियर गल्र्समा लिभरपुल र जुनियर ब्वाइजमा हेम्सले अनुशासित टिमको ट्रफी पाए ।

विजेतालाई काठमाडौं जिल्ला प्याब्सनका अध्यक्ष प्रेमकुमार राई र वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, प्याब्सन मध्य क्षेत्रीय समितिका अध्यक्ष धनप्रसाद सुब्बा र पूर्व अध्यक्ष दिनेश पाण्डे, प्रतियोगिता संयोजक समेत रहेका आयोजकका उपाध्यक्ष तेजप्रकाश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस ६ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ टिम सहभागी थिए । लिभरपुल बाहेक खेलहरु नयाँ बानेश्वरस्थित काठमाडौं जेभियर्समा पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्