Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा हार्‍यो चेल्सी

१२ पुष २०८१, शुक्रबार ०२:४४

१२ पुस,काठमाडौं। प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित हात पारेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा जोर्डन आयुले छैटौं मिनेटमै गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै लिभरपुलले अग्रता लियो । ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुलले २-१ को अग्रता बनायो । ८२औं मिनेटमा गाक्पोको पासमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

जितपछि लिभरपुलले १७ खेलबाट ४२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको चेल्सीभन्दा अझै १ खेल कम खेलेको छ । १८ खेलबाट चेल्सीको ३५ अंक छ । फुलहामले सन् १९७९ पछि चेल्सीलाई घरेलु मैदानमा हराएको हो। फुलहामलाई जिताउने क्रममा रोड्रिगो मुनिजसुले खेलको ९५औं मिनेटमा गोल गरेका थिए। सन् २००३ पछि चेल्सीले घरेलु मैदानमा ९० मिनेटपछि गोल बेहोरेर हारेको यो पहिलो पटक हो।

गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भरह्याम्पटनसँग अवे मैदानमा २-० ले पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्