Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा हार्‍यो चेल्सी

१२ पुष २०८१, शुक्रबार ०२:४४

१२ पुस,काठमाडौं। प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित हात पारेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा जोर्डन आयुले छैटौं मिनेटमै गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै लिभरपुलले अग्रता लियो । ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुलले २-१ को अग्रता बनायो । ८२औं मिनेटमा गाक्पोको पासमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

जितपछि लिभरपुलले १७ खेलबाट ४२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको चेल्सीभन्दा अझै १ खेल कम खेलेको छ । १८ खेलबाट चेल्सीको ३५ अंक छ । फुलहामले सन् १९७९ पछि चेल्सीलाई घरेलु मैदानमा हराएको हो। फुलहामलाई जिताउने क्रममा रोड्रिगो मुनिजसुले खेलको ९५औं मिनेटमा गोल गरेका थिए। सन् २००३ पछि चेल्सीले घरेलु मैदानमा ९० मिनेटपछि गोल बेहोरेर हारेको यो पहिलो पटक हो।

गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भरह्याम्पटनसँग अवे मैदानमा २-० ले पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्