Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

आज उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

१२ पुष २०८१, शुक्रबार ०५:३२

१२ पुस,काठमाडौं। हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ । देशका बाँकी भ–ूभागमा भने मौसम सफा रहेको छ । साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र गण्डकी, कोशी प्रदेशका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ ।

प्रतिक्रिया दिनुहोस्