Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

आज उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

१२ पुष २०८१, शुक्रबार ०५:३२

१२ पुस,काठमाडौं। हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ । देशका बाँकी भ–ूभागमा भने मौसम सफा रहेको छ । साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र गण्डकी, कोशी प्रदेशका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ ।

प्रतिक्रिया दिनुहोस्