Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

मोहन वैद्य अस्पताल भर्ना

१२ पुष २०८१, शुक्रबार १०:२८

१२ पुस,काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । पुरानै रोग अर्थात् दम बढेपछि महासचिव वैद्यलाई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।

उनी बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । त्यसपछि क्रमशः अस्वस्थ्य भएका वैद्यलाई शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्