Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु

१२ पुष २०८१, शुक्रबार १४:२१

१२ पुस, काठमाडौं। नेपालगन्जमा आजबाट दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो खेलको विकास र विस्तार तीव्र गतिमा अगाडि बढिरहेको बताए ।

उनले हाप्किडो खेलको स्थायित्व र प्रगतिमा सहयोगको लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

त्यसैगरी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरनदाज गौतमले हाप्किडो खेल नेपालमा सक्रिय रूपमा अगाडि बढिरहेको र यसको दिगो विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण, र प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताए । उनले कोरियन खेल हाप्किडो नेपालमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको पनि उल्लेख गरे ।

नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेल हिमाल, पहाड र तराईसम्म फैलिएको जानकारी दिए । उनले हाप्किडो खेल समाज रूपान्तरणको एउटा महत्त्वपूर्ण आधार भएको बताएका छन् ।

प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा सातवटै प्रदेशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्