Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु

१२ पुष २०८१, शुक्रबार १४:२१

१२ पुस, काठमाडौं। नेपालगन्जमा आजबाट दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो खेलको विकास र विस्तार तीव्र गतिमा अगाडि बढिरहेको बताए ।

उनले हाप्किडो खेलको स्थायित्व र प्रगतिमा सहयोगको लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

त्यसैगरी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरनदाज गौतमले हाप्किडो खेल नेपालमा सक्रिय रूपमा अगाडि बढिरहेको र यसको दिगो विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण, र प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताए । उनले कोरियन खेल हाप्किडो नेपालमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको पनि उल्लेख गरे ।

नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेल हिमाल, पहाड र तराईसम्म फैलिएको जानकारी दिए । उनले हाप्किडो खेल समाज रूपान्तरणको एउटा महत्त्वपूर्ण आधार भएको बताएका छन् ।

प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा सातवटै प्रदेशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्