Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?

१ आश्विन २०८१, मंगलवार १३:५४

१ असोज, काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले क्लियर चिट दिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले समितिले ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न अपिल गर्दै प्रतिवेदनको गलत ब्याख्या नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं बरु ‘क्लियर चिट’ किटान गरेको छ, प्रतिवेदनले चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

संसदीय विशेष समितिले रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । तर लामिछानेसहित रास्वपाका नेताहरुले भने समितिले आफुलाई क्लिन चिट दिएको भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्