Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

आजदेखि लागू हुने अण्डाको मूल्य हालसम्मकै उच्च !

१३ पुष २०८१, शनिबार ०१:४४

१३ पुस, काठमाडौँ। लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो।

शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार ६ सय रूपैयाँ र मझौलाको ३ हजार ५ सय रूपैयाँ कायम गरिएको छ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रूपैयाँ पर्न आउँछ। भाउ बढेसँगै उपभोक्ता मूल्य प्रतिगोटा २२.५० रूपैयाँ कायम गरिएको छ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य बढेसँगै किसानले लागत मूल्यA पाउने भएका छन्। दाउन्ने एग्रोफार्म, हिमचुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौंको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी नयाँ भाउ कायम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्