Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मनमोहन सिंहको अन्तिम संस्कार आज, भारतका राष्ट्रपति र प्रधानमन्त्री निगमघाटमा जाने

१३ पुष २०८१, शनिबार ०१:५५

१३ पुस,काठमाडौँ। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गृह मन्त्रालयले अन्तिम संस्कार कार्यक्रम सार्वजनिक गर्दै उक्त अन्तिम संस्कारमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी र धेरै मन्त्रीहरु अन्तिम संस्कारमा सहभागी हुन निगमबोध घाट पुग्ने छन् ।

कांग्रेस महासचिव केसी वेणुगोपालले शनिबार डिसेम्बर २८ मा बिहान ९ः ३० बजे दिल्लीस्थित एआईसीसी (अखिल भारतीय कांग्रेस कमिटी) को मुख्यालयबाट निगमबोध घाटको लागि शबयात्रा सुरू हुने जानकारी दिएका छन् ।

उता, पूर्वप्रधानमन्त्री सिंहको निधनमा राष्ट्रिय शोकका कारण शनिबार राष्ट्रपति भवनमा हुने गार्ड परिवर्तन कार्यक्रम हुने भएको छ । यो भारतको सैन्य परम्परा हो। यसमा राष्ट्रपतिका अंगरक्षकको एउटा समूहले अर्को समूहबाट जिम्मेवारी लिने दिने गरिन्छ ।पूर्वप्रधानमन्त्रीको सम्झनामा देशभर सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

प्रतिक्रिया दिनुहोस्