Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

मनमोहन सिंहको अन्तिम संस्कार आज, भारतका राष्ट्रपति र प्रधानमन्त्री निगमघाटमा जाने

१३ पुष २०८१, शनिबार ०१:५५

१३ पुस,काठमाडौँ। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गृह मन्त्रालयले अन्तिम संस्कार कार्यक्रम सार्वजनिक गर्दै उक्त अन्तिम संस्कारमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी र धेरै मन्त्रीहरु अन्तिम संस्कारमा सहभागी हुन निगमबोध घाट पुग्ने छन् ।

कांग्रेस महासचिव केसी वेणुगोपालले शनिबार डिसेम्बर २८ मा बिहान ९ः ३० बजे दिल्लीस्थित एआईसीसी (अखिल भारतीय कांग्रेस कमिटी) को मुख्यालयबाट निगमबोध घाटको लागि शबयात्रा सुरू हुने जानकारी दिएका छन् ।

उता, पूर्वप्रधानमन्त्री सिंहको निधनमा राष्ट्रिय शोकका कारण शनिबार राष्ट्रपति भवनमा हुने गार्ड परिवर्तन कार्यक्रम हुने भएको छ । यो भारतको सैन्य परम्परा हो। यसमा राष्ट्रपतिका अंगरक्षकको एउटा समूहले अर्को समूहबाट जिम्मेवारी लिने दिने गरिन्छ ।पूर्वप्रधानमन्त्रीको सम्झनामा देशभर सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

प्रतिक्रिया दिनुहोस्