Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो

१३ पुष २०८१, शनिबार ०२:०१

वासिङ्टन। अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ।

नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ।

यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपेक्षा गरिएको छ, जुन अघिल्लो मिसनभन्दा सात गुणा नजिक छ ।

सन् २०१८ मा यसको प्रक्षेपण भएदेखि पार्कर २१ सौर्य उडानको क्रममा क्रमशः सूर्यको नजिक सरेको छ । यसले पृथ्वीमा जीवन र प्रविधिलाई असर गर्ने अन्तरिक्ष वातावरणमा हुने परिवर्तनहरूको भविष्यवाणी गर्न पनि महत्त्वपूर्ण योगदान दिन्छ ।

यसलाई यसरी सोच्नुहोस्य, दि पृथ्वी र सूर्य फुटबल मैदानको दुई छेउमा थिए भने पार्कर सोलार प्रोबको अबस्थिति सूर्यतर्फ ४–यार्ड लाइन बराबरमा रहेको मानिनेछ ।

प्रतिक्रिया दिनुहोस्