Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने

१३ पुष २०८१, शनिबार ०२:१६

काठमाडौं। तीव्र गतिमा आर्थिक विकाससँगै भारतमा डेटा सेन्टरको क्षेत्रमा पनि लगानी बढिरहेको छ । हाल विश्व बजारमा डेटा सेन्टरको क्षेत्रमा पनि भारतले विकास गरिरहेको छ ।

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै हुने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।अमेरिकामा आधारित वित्तीय सेवा प्रदायक संस्था कोल्डवेल बैंकर रिचर्ड एलिस ९सीबीआरई० ले जारी गरेको प्रतिवेदनमा सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै पुग्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अहिले महाराष्ट्र र तामिल नाडुजस्ता राज्यमा डेटा सेन्टरको व्यवसाय बढ्दै गएको छ । रणनीतिक पूर्वाधारका कारण मुम्बई, चेन्नइ, बेङ्गलुरु, दिल्लीजस्ता शहरमा डेटा सेन्टरको व्यवसाय फस्टाउँदै गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्