Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने

१३ पुष २०८१, शनिबार ०२:१६

काठमाडौं। तीव्र गतिमा आर्थिक विकाससँगै भारतमा डेटा सेन्टरको क्षेत्रमा पनि लगानी बढिरहेको छ । हाल विश्व बजारमा डेटा सेन्टरको क्षेत्रमा पनि भारतले विकास गरिरहेको छ ।

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै हुने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।अमेरिकामा आधारित वित्तीय सेवा प्रदायक संस्था कोल्डवेल बैंकर रिचर्ड एलिस ९सीबीआरई० ले जारी गरेको प्रतिवेदनमा सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै पुग्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अहिले महाराष्ट्र र तामिल नाडुजस्ता राज्यमा डेटा सेन्टरको व्यवसाय बढ्दै गएको छ । रणनीतिक पूर्वाधारका कारण मुम्बई, चेन्नइ, बेङ्गलुरु, दिल्लीजस्ता शहरमा डेटा सेन्टरको व्यवसाय फस्टाउँदै गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्