Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा

१३ पुष २०८१, शनिबार ०८:२५

१३ पुस, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् ।

शनिवार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताएका छन् ।

स्व. सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गर्नुभएको बताए । उनले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए । उनले स्व. सिंहले देखाउनुभएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताएका छन् ।

उनले भने , ‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशिल र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ । उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो । उहाँ मेहनती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुयो ।

अहिलेसम्म हामीले अरुले जितेको छैन । जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो । उहाँको जति बखान गरेपनि कम हुन्छ । उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुुहुन्थ्यो । पार्टीका लागि अपूरणीय क्षति भएको छ । राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ । त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ ।

प्रतिक्रिया दिनुहोस्