Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

अर्सनालाई तेश्रो स्वर्ण

१३ पुष २०८१, शनिबार १०:५५

१३ पुस, काठमाडौं। वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।

अर्सनाले जितेको यो तेश्रो स्वर्ण हो । यसअघि अर्सनाले यु–१२ गल्र्स सिंगल्स र महिला टिम इभेन्टमा स्वर्ण जितेकी थिइन् ।

अर्सनाले फाइनलमा वडा १२ की रोनिशा महर्जनलाई १३–११, ११–५ र ११–८ ले पराजित गर्दै स्वर्ण संख्या ३ पु¥याइन् । वडा ८ की सुरम्य शाक्य र वडा १७ की अर्पिता महर्जन तेश्रो भए ।
ललितपुर महानगरपालिका वडा ९ द्वारा आयोजित प्रतियोगिताको यु–१६ गल्र्समा सिंगल्समा वडा १६ की साइरा शाक्य र यु–१२ ब्वाइज सिंगल्समा सोही वडाका स्वर्णिम शाक्य पहिलो भए ।

पाटनको गःछेंःमा भएको गल्र्स फाइनलमा साइराले वडा १९ की एमरिन महर्जनलाई ११–७, ११–६ र ११–७ को सोझो सेटमा हराइन् । वडा ८ की सुरम्य शाक्य र वडा १२ की इशान्वी महर्जन तेश्रो भए ।

ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा स्वर्णिमले आफ्नै वडाका रिभानमुनि वज्राचार्यलाई ११–९, ११–१३, ११–८, ११–१३ र ११–७ को सेटमा पाखा लगाए । वडा ११ का निर्भिक शाक्य र वडा १८ का सुभान खड्का तेश्रो बने ।भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १३ का पूर्णशंकर श्रेष्ठ पहिलो भए । उनले फाइनलमा वडा १० का आनन्द धाक्वालाई ११–९, ५–११, ११–७, ८–११ र ११–९ को सेटमा पन्छाए ।

वडा ३ का किरणकुमार विष्ट र वडा १९ का जगदीश्वरप्रसाद जोशीले तेश्रो स्थानमा चित्त बुझाए ।यसअघि वडा ५ की ममतासिंह राजभण्डारीले भेट्रान ४० वर्षमाथि महिला सिंगल्स, वडा ७ ले पुरुष टिम इभेन्ट र वडा २० ले पुरुष भेट्रान टिम इभेन्टमा पहिलो स्थान हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्