Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए राजीनामा

१ आश्विन २०८१, मंगलवार १४:०१

१ असोज, काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मङ्गलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिएको थियो ।

सर्वोच्च अदालतले गत साता उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने र मुख्यमन्त्री कार्यालय नजाने शर्तमा जमानत दिएको थियो । केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।

केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उनको स्थान लिनेछन् ।

त्रिचालीस वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताइन् । “दिल्लीमा एउटै मात्र मुख्यमन्त्री छ, त्यो अरविन्द केजरीवाल हो”, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्