Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

हस्पिटालिटी वर्ल्ड क्याम्पसका विद्यार्थीको आयोजनामा ‘खाना महोत्सव २०२४ सम्पन्न

१३ पुष २०८१, शनिबार १३:३२

१३ पुस, काठमाडौं। हस्पिटालिटी वर्ल्ड क्याम्पस, एकान्तकुना, ललितपुरले आज (२८ डिसेम्बर २०२४) खाना महोत्सव (Food Carnival) भव्यताका साथ सम्पन्न गरेको छ ।

महोत्सवमा क्याम्पसका विधार्थीहरुको अग्रसरतामा विभिन्न परिकारहरुको सजावट र स्वादले सहभागीहरुको मन जित्न सफल भएको हो ।महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनका ५ स्टलहरू समावेश थिए । आगन्तुकहरुले खानाका परिकारहरूको तयारी, स्वाद र पाककला सम्बन्धी वर्कशपहरूमा सहभागिता जनाएका थिए ।

महोत्सवमा सामाजिक प्रभावकर्ता, कलाकार, कलेजका बिधार्थी र सर्वसाधारण गरी करीब ५०० जनाको उपस्थिति रहेको थियो । महोत्सवमा समावेश अन्य कार्यक्रमहरूमा मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम र विभिन्न खेलहरूको प्रतियोगिता पनि रहेको थियो। विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

हस्पिटालिटी वर्ल्ड क्याम्पसका प्रमुख कार्यकारी अधिकृत अमित राजका अनुसार, क्याम्पसले देशको पर्यटन क्षेत्रको विकास र युवाशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उद्देश्य राखी शिक्षा र तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले भने, ‘यो महोत्सव केवल खानाको उत्सव मात्र होइन, यसले समुदायलाई एकताबद्ध गर्नको लागि महत्वपूर्ण भूमिका निभाएको छ ।’

कार्यक्रमको समापन आगामी वर्ष अझ विविध परिकार र आकर्षणहरूसहित पुनः आयोजना गर्ने प्रतिवद्धतासँग गरिएको छ। हस्पिटालिटी वर्ल्ड क्याम्पसले महोत्सवको सफलतामा सहयोग गर्ने सबै प्रायोजक, विक्रेता, ललितपुर महानगरपालिका वडा नं १३, जिल्ला प्रहरी परिसर ललितपुर, संचारकर्मी र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्