Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

हस्पिटालिटी वर्ल्ड क्याम्पसका विद्यार्थीको आयोजनामा ‘खाना महोत्सव २०२४ सम्पन्न

१३ पुष २०८१, शनिबार १३:३२

१३ पुस, काठमाडौं। हस्पिटालिटी वर्ल्ड क्याम्पस, एकान्तकुना, ललितपुरले आज (२८ डिसेम्बर २०२४) खाना महोत्सव (Food Carnival) भव्यताका साथ सम्पन्न गरेको छ ।

महोत्सवमा क्याम्पसका विधार्थीहरुको अग्रसरतामा विभिन्न परिकारहरुको सजावट र स्वादले सहभागीहरुको मन जित्न सफल भएको हो ।महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनका ५ स्टलहरू समावेश थिए । आगन्तुकहरुले खानाका परिकारहरूको तयारी, स्वाद र पाककला सम्बन्धी वर्कशपहरूमा सहभागिता जनाएका थिए ।

महोत्सवमा सामाजिक प्रभावकर्ता, कलाकार, कलेजका बिधार्थी र सर्वसाधारण गरी करीब ५०० जनाको उपस्थिति रहेको थियो । महोत्सवमा समावेश अन्य कार्यक्रमहरूमा मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम र विभिन्न खेलहरूको प्रतियोगिता पनि रहेको थियो। विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

हस्पिटालिटी वर्ल्ड क्याम्पसका प्रमुख कार्यकारी अधिकृत अमित राजका अनुसार, क्याम्पसले देशको पर्यटन क्षेत्रको विकास र युवाशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उद्देश्य राखी शिक्षा र तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले भने, ‘यो महोत्सव केवल खानाको उत्सव मात्र होइन, यसले समुदायलाई एकताबद्ध गर्नको लागि महत्वपूर्ण भूमिका निभाएको छ ।’

कार्यक्रमको समापन आगामी वर्ष अझ विविध परिकार र आकर्षणहरूसहित पुनः आयोजना गर्ने प्रतिवद्धतासँग गरिएको छ। हस्पिटालिटी वर्ल्ड क्याम्पसले महोत्सवको सफलतामा सहयोग गर्ने सबै प्रायोजक, विक्रेता, ललितपुर महानगरपालिका वडा नं १३, जिल्ला प्रहरी परिसर ललितपुर, संचारकर्मी र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्