Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

रामप्रसादराईका वडावडामै योजना सम्झौता

१३ पुष २०८१, शनिबार १४:११

१३ पुस, भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने लक्ष्यले वडावडामै योजना सम्झौता गरेको छ ।

जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको हो ।

गाउँपालिकाले ‘योजना तथा कार्यक्रम सञ्चालन शिविर’ मार्फत वडास्तरमा पुगेर योजना सम्झौता गरेको छ । शिविरमार्फत गाउँपालिका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलसहित सम्बन्धित शाखाका कर्मचारी वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख ज्ञानराज भट्टराईले जानकारी दिए ।

शिविरिमार्फत उपभोक्ता समितिलाई योजना सञ्चालनको विषयमा अभिमुखिकरण, योजना सञ्चालन पद्धति तथा योजना सञ्चालन प्रक्रियाको विषयमा समेत जानकारी दिइएको उनको भनाइ छ । यो क्रममा वडा नं १ ओख्रेमा १४ वटा, वडा नं ४ दलगाउँमा ९ वटा, वडा नं ८ खोक्सिकमा ११ वटा योजना योजना सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्