Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

रामप्रसादराईका वडावडामै योजना सम्झौता

१३ पुष २०८१, शनिबार १४:११

१३ पुस, भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने लक्ष्यले वडावडामै योजना सम्झौता गरेको छ ।

जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको हो ।

गाउँपालिकाले ‘योजना तथा कार्यक्रम सञ्चालन शिविर’ मार्फत वडास्तरमा पुगेर योजना सम्झौता गरेको छ । शिविरमार्फत गाउँपालिका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलसहित सम्बन्धित शाखाका कर्मचारी वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख ज्ञानराज भट्टराईले जानकारी दिए ।

शिविरिमार्फत उपभोक्ता समितिलाई योजना सञ्चालनको विषयमा अभिमुखिकरण, योजना सञ्चालन पद्धति तथा योजना सञ्चालन प्रक्रियाको विषयमा समेत जानकारी दिइएको उनको भनाइ छ । यो क्रममा वडा नं १ ओख्रेमा १४ वटा, वडा नं ४ दलगाउँमा ९ वटा, वडा नं ८ खोक्सिकमा ११ वटा योजना योजना सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्