Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना

१४ पुष २०८१, आईतवार ०२:५४

१४ पुस, एजेन्सी। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ यात्रु सवार विमान दुर्घटना भएको खबर छ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो । उक्त विमानमा १८१ यात्रु सवार थिए । उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर एक पर्खालमा ठोक्किएको बीबीसीले उल्लेख गरेको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहेपका अनुसार धुवाँको मुस्लो निस्किएको तस्विरुर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त घटनामा हताहत हुनेको संख्या यकिन भएको छैन । यद्यपि, कम्तिमा २८ जनाको मृत्यु भएको योनहेपले जनाएको बीबीसीले उल्लेख गरेको छ । विमानमा चरा ठोक्किएर दुर्घटना भएको बताइएको छ । उद्धारकर्ताहरूले विमानको पछिल्तिरको भागबाट यात्रुहरूलाई बाहिर निकालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्