Trending
जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?     |     बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |    
समाचार

एनओसी अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो पटक निर्वाचित

१४ पुष २०८१, आईतवार ०३:००

१४ पुस,काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० मत मध्ये श्रेष्ठले २० मत प्राप्त गरी निर्वाचित भएका हुन । योसँगै श्रेष्ठ तेस्रो पटक एनओसीमा निर्वाचित भएका हुन् ।

तर मताधिकार प्रयोग गर्न सक्ने ७ सदस्य भने मतदान प्रकियामा सामेल भएनन् । अदालतको अन्तरिम आदेश तथा आन्तरिक कलहबीच श्रेष्ठ तेस्रो कार्याकालका निर्वाचित भएका हुन् ।

उता ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का प्रतिनिधि पनि अनलाइनबाट जोडिएको उपाध्यक्ष गोपालसुन्दर कक्षपतीले दाबी गरेका छन् । ओसीएले निर्वाचनलाइ वैधानिकता दिएको उनको दाबी छ । सर्वोच्च अदालतले निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेसँगै चुनाव अनलाइन माध्यमबाट गरिएको एनओसी नेतृत्वले जनाएको छ ।

अदालतले स्टे अर्डर जारी गरेका कारण प्रहरीले हस्तक्षेप गरेपछि सोमबार उम्मेदवारी दर्ता प्रकृया पनि अनलाइन माध्यमबाटै गरिएको थियो ।यसअघि श्रेष्ठले दुई कार्यकाल महासचिव तथा दुई कार्यकाल अध्यक्षका रुपमा नेतृत्व गरिसकेका छन् । जसका कारण एनओसीको मूल नेतृत्वलाई चयन भएको यो लगातार तेस्रो पटक हो ।

श्रेष्ठका प्रतिस्पर्धी एवं निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले अध्यक्षमा भिडन्त गरेका भए पनि एक मत पनि प्राप्त गर्न सकेनन् । तेजबहादुरले जीवनरामलाई साथ दिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्