Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

एनओसी अध्यक्षमा जीवनराम श्रेष्ठ तेस्रो पटक निर्वाचित

१४ पुष २०८१, आईतवार ०३:००

१४ पुस,काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० मत मध्ये श्रेष्ठले २० मत प्राप्त गरी निर्वाचित भएका हुन । योसँगै श्रेष्ठ तेस्रो पटक एनओसीमा निर्वाचित भएका हुन् ।

तर मताधिकार प्रयोग गर्न सक्ने ७ सदस्य भने मतदान प्रकियामा सामेल भएनन् । अदालतको अन्तरिम आदेश तथा आन्तरिक कलहबीच श्रेष्ठ तेस्रो कार्याकालका निर्वाचित भएका हुन् ।

उता ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का प्रतिनिधि पनि अनलाइनबाट जोडिएको उपाध्यक्ष गोपालसुन्दर कक्षपतीले दाबी गरेका छन् । ओसीएले निर्वाचनलाइ वैधानिकता दिएको उनको दाबी छ । सर्वोच्च अदालतले निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेसँगै चुनाव अनलाइन माध्यमबाट गरिएको एनओसी नेतृत्वले जनाएको छ ।

अदालतले स्टे अर्डर जारी गरेका कारण प्रहरीले हस्तक्षेप गरेपछि सोमबार उम्मेदवारी दर्ता प्रकृया पनि अनलाइन माध्यमबाटै गरिएको थियो ।यसअघि श्रेष्ठले दुई कार्यकाल महासचिव तथा दुई कार्यकाल अध्यक्षका रुपमा नेतृत्व गरिसकेका छन् । जसका कारण एनओसीको मूल नेतृत्वलाई चयन भएको यो लगातार तेस्रो पटक हो ।

श्रेष्ठका प्रतिस्पर्धी एवं निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले अध्यक्षमा भिडन्त गरेका भए पनि एक मत पनि प्राप्त गर्न सकेनन् । तेजबहादुरले जीवनरामलाई साथ दिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्