Trending
अतिरिक्त विशिष्ट श्रेणीको पद निजामती विधेयकबाट हटाउन आजपाको माग     |     “१००० EV स्कुटरसहित ऐतिहासिक स्वरोजगार योजना : नेपाली युवालाई रोजगारी र आम्दानीको अवसर”     |     एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक     |     टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि     |     शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे     |     सुनमा विलासिता कर लगाउने निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलित     |     संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज     |     डोल्पामा जुवातास खेल्दै गरेका पाँच जना पक्राउ     |     हिरासत मुक्त गराइदिने भन्दै रकम असुली गर्ने दुई जना सुर्खेतमा पक्राउ     |     साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित     |    
समाचार

अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

१ आश्विन २०८१, मंगलवार १४:०६

१ असोज, काठमाडौँ।सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।  यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेशसभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताए ।

यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व संकलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व संकलन गरी सेवा सञ्चालन गर्न पाउने कानुनी बाटो खुलेको छ ।

गएको साउन २९ गतेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी अध्यादेश २०८१’ लाई स्वीकृत गरेको थियो ।

तत्कालीन सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१-८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व संकलन लगायतको काम यो अध्यादेश जारी भएसँगै सञ्चालन आएको थियो ।

सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले सोमबार चालु आर्थिक वर्ष २०८१-८२को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्