Trending
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा     |     पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |    
समाचार

पर्यटन मन्त्रीले पोखरा बिमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो

१४ पुष २०८१, आईतवार ०३:२१

१४ पुस,काठमाडौँ। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताएका छन् ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित २६ औँ पोखरा सडक महोत्सवको आज उद्घाटन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारबाट आवश्यक निर्णय लिनका लागि पहल गर्ने बताए ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै उनले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुुपर्ने बताए ।

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू यहीबाट हुनेगरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छ वटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुुपर्ने आवश्यकता औँल्याए । “पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ । यहाँ डेटा सेन्टर बनाउन सकिन्छ ।

धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ”, मन्त्री गुरुङले भने, “प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन । अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ ।”

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठले गण्डकी प्रकृतिको अनुपम उपहार भएको भन्दै यसको उपयोगमा जोड दिए । यहाँका सम्भावनालाई उजागर गर्न सकेमा निराश हुनु नपर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै धेरै कामहरू अघि बढेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्