Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

टेस्ट क्रिकेटमा जसप्रित बुमराहको कीर्तिमान

१४ पुष २०८१, आईतवार ०३:३२

१४ पुस,काठमाडौँ। टेस्ट क्रिकेटमा भारतीय टिमका तीव्र गतिका बलर जसप्रित बुमराहले नयाँ उपलब्धि हासिल गरेका छन् । उनी अब भारतका लागि टेस्टमा सर्वाधिक छिटो २ सय विकेट पूरा गर्ने तीव्र गतिका बलर बनेका छन् ।

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलको दोस्रो इनिङमा २ विकेट लिएसँगै बुमराहले यो उपलब्धि हासिल गरेका हुन् । उनले यो कीर्तिमान ४४ टेस्ट म्याचमा हासिल गरे ।

भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक छिटो २ सय विकेट लिने रेकर्ड भने पूर्वस्पिनर रविचन्द्रन आश्विनको नाममा छ । उनले ३७ टेस्टमा २ सय विकेट लिएका थिए । यस्तै, बुमराह टेस्ट क्रिकेटमा १९.५ को औसतमा २ सय विकेट लिने विश्वकै पहिलो बलर पनि बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्