Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

टेस्ट क्रिकेटमा जसप्रित बुमराहको कीर्तिमान

१४ पुष २०८१, आईतवार ०३:३२

१४ पुस,काठमाडौँ। टेस्ट क्रिकेटमा भारतीय टिमका तीव्र गतिका बलर जसप्रित बुमराहले नयाँ उपलब्धि हासिल गरेका छन् । उनी अब भारतका लागि टेस्टमा सर्वाधिक छिटो २ सय विकेट पूरा गर्ने तीव्र गतिका बलर बनेका छन् ।

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलको दोस्रो इनिङमा २ विकेट लिएसँगै बुमराहले यो उपलब्धि हासिल गरेका हुन् । उनले यो कीर्तिमान ४४ टेस्ट म्याचमा हासिल गरे ।

भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक छिटो २ सय विकेट लिने रेकर्ड भने पूर्वस्पिनर रविचन्द्रन आश्विनको नाममा छ । उनले ३७ टेस्टमा २ सय विकेट लिएका थिए । यस्तै, बुमराह टेस्ट क्रिकेटमा १९.५ को औसतमा २ सय विकेट लिने विश्वकै पहिलो बलर पनि बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्