Trending
डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त     |     किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |    
समाचार

विवादपछि रोकियो अखिल क्रान्तिकारीको मतगणामा

१४ पुष २०८१, आईतवार ०३:४०

१४ पुस,काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद भएको छ । उमेर हदसम्बन्धी विवाद टुंग्याउन भएको चुनावी परिणाम आउने क्रममा विवाद भएपछि मतगणना नै स्थगित भएको छ ।

केही जिल्लामा विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित भएको हो ।अखिल क्रान्तिकारीका एक नेताले बैतडी, दाङ र गुल्मीमा विवाद भएकाले मतगणना स्थगित भएको जानकारी दिए । निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित हुन पुगेको दाबी गरेको छ । कागजात प्राप्त भएलगत्तै स्थगित मतगणना अघि बढ्ने समितिको भनाइ छ ।

गत असोज १० गते अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन आयोजना गरिएकोमा उमेर हद विवादका कारण नयाँ नेतृत्व चयन नगरी स्थगित हुन पुगेको थियो ।

तर, निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेको दावी गरेको छ । ‘गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचनसम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात् मात्र गणनाले पूर्णता प्राप्त गर्ने हुँदा तत्पश्चात मत गणना परिणाम सार्वजनिक गरिने…,’ केन्द्रीय निर्वाचन समिति प्रमुख मुक्तिनारायण प्रधानले उल्लेख गरेका छन् ।

उमेर हदका सम्बन्धमा विवाद भएपछि गत १० असोजदेखि आयोजित अखिल क्रान्तिकारीको सम्मेलन नेतृत्व चयन गर्न असफल भएको थियो । त्यसैको शिलशिलामा उमेरहद टुंग्याउन निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्