Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

विवादपछि रोकियो अखिल क्रान्तिकारीको मतगणामा

१४ पुष २०८१, आईतवार ०३:४०

१४ पुस,काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद भएको छ । उमेर हदसम्बन्धी विवाद टुंग्याउन भएको चुनावी परिणाम आउने क्रममा विवाद भएपछि मतगणना नै स्थगित भएको छ ।

केही जिल्लामा विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित भएको हो ।अखिल क्रान्तिकारीका एक नेताले बैतडी, दाङ र गुल्मीमा विवाद भएकाले मतगणना स्थगित भएको जानकारी दिए । निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित हुन पुगेको दाबी गरेको छ । कागजात प्राप्त भएलगत्तै स्थगित मतगणना अघि बढ्ने समितिको भनाइ छ ।

गत असोज १० गते अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन आयोजना गरिएकोमा उमेर हद विवादका कारण नयाँ नेतृत्व चयन नगरी स्थगित हुन पुगेको थियो ।

तर, निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेको दावी गरेको छ । ‘गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचनसम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात् मात्र गणनाले पूर्णता प्राप्त गर्ने हुँदा तत्पश्चात मत गणना परिणाम सार्वजनिक गरिने…,’ केन्द्रीय निर्वाचन समिति प्रमुख मुक्तिनारायण प्रधानले उल्लेख गरेका छन् ।

उमेर हदका सम्बन्धमा विवाद भएपछि गत १० असोजदेखि आयोजित अखिल क्रान्तिकारीको सम्मेलन नेतृत्व चयन गर्न असफल भएको थियो । त्यसैको शिलशिलामा उमेरहद टुंग्याउन निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्