Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

टिप्परबाट खसेर १ जनाको मृत्यु

१४ पुष २०८१, आईतवार १३:०५

१४ पुस,रामेछाप। टिप्परबाट खसेर रामेछापमा १ जनाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका–१ भैसेश्वरस्थित सडकमा सुकाजोरबाट सालुतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ९७६३ नम्बरको टिप्परबाट खसेर सोही नगरपालिका–४ सालु अर्चले बस्ने ३२ वर्षीय नारायण बस्नेतको आईतबार दिउँसो मृत्यु भएको छ ।

टिप्परबाट खसेर गम्भीर घाइते भएका उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्