Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

औषधसहित ताप्लेजुङबाट तीन जना पक्राउ

१४ पुष २०८१, आईतवार १३:०९

१४ पुस, ताप्लेजुङ। प्रहरीले प्रतिबन्धित लागु औषधसहित तीन जनालाई ताप्लेजुङबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार उनीहरुलाई फुङलिङ नगरपालिका वडा नं ४ गोसलाईन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ४ का २१ वर्षीय सोनुहाङ लिम्बू, वडा नं ८ का २१ वर्षीय राम तामाङ, वडा नं ७ का २० वर्षीय सुमन तामाङ छन् ।

पक्राउ परेकामध्ये सोनुहाङको साथबाट १६ पिस ट्रामाडोल र स्पास्पेन १६ ट्याब्लेट फेला परेको छ । यस्तै सुमनको साथबाट २ पिस ट्रामाडोल र २ ट्याब्लेट स्पास्पेन फेला परेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्