Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

औषधसहित ताप्लेजुङबाट तीन जना पक्राउ

१४ पुष २०८१, आईतवार १३:०९

१४ पुस, ताप्लेजुङ। प्रहरीले प्रतिबन्धित लागु औषधसहित तीन जनालाई ताप्लेजुङबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार उनीहरुलाई फुङलिङ नगरपालिका वडा नं ४ गोसलाईन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ४ का २१ वर्षीय सोनुहाङ लिम्बू, वडा नं ८ का २१ वर्षीय राम तामाङ, वडा नं ७ का २० वर्षीय सुमन तामाङ छन् ।

पक्राउ परेकामध्ये सोनुहाङको साथबाट १६ पिस ट्रामाडोल र स्पास्पेन १६ ट्याब्लेट फेला परेको छ । यस्तै सुमनको साथबाट २ पिस ट्रामाडोल र २ ट्याब्लेट स्पास्पेन फेला परेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्